Articles liés à तरुण तपसी...

तरुण तपसी (Tarun Tapasi) - Couverture souple

Paudyal, Lekhnath

 
9789937972833: तरुण तपसी (Tarun Tapasi)

Synopsis

तरुण तपसी कविशिरोमणि लेखनाथ पौड्यालको एक विशिष्ट काव्यकृति हो, जसले नेपाली साहित्यमा नयाँ शैलीको स्थापना गरेको छ । यस नव्यकाव्यमा कविशिरोमणिले प्रकृतिका सर्वोत्तम सृष्टि, वनस्पतिका अधिदेवता, नायकका रूपमा प्रस्तुत गर्दै आफ्नो जीवनको सारस्वरूपलाई काव्यात्मक रूप दिएका छन् । २०१० सालमा कविशिरोमणि ६९ वर्षको उमेर हुँदा प्रकाशित भएको यस कृतिमा उहाँको जीवनयात्रा र अनुभूतिको प्रतिविम्ब झल्किन्छ ।

यो काव्य शिखरिणी छन्दका ५८१ श्लोकले सजिएर १९ विश्राममा विभाजित गरिएको छ । प्रत्येक विश्रामको प्रारम्भमा वियोगिनी छन्द र अन्त्यमा मालिनी छन्दको माधुर्य रहेको छ, जसले काव्यको सौन्दर्यलाई अझ समृद्ध बनाएको छ । महाकाव्यका परम्परागत सूत्रभन्दा पर रहेर नवीन शैलीमा रचित यस कृतिले मानव जातिलाई प्रेम र समतामय जीवनको प्रेरणा दिन खोजेको छ ।

Les informations fournies dans la section « Synopsis » peuvent faire référence à une autre édition de ce titre.